लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टाको समय दिइयो (पत्रसहित)

लोकपथ
78
Shares

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते दिउँसो ३ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?