१८ चैत्र २०७९, शनिवार

सांसद महरासहित छ दर्जन कार्यकर्ता माओवादी केन्द्र प्रवेश

२०७४,आश्विन,२२,आईतवार १६:०५

0
Shares

काठमाडौं, असोज २२- नेकपा (माले) का सांसद कलशा महरासहितका छ दर्जन नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच सांसद महरासहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । महरा लगायतका नेता कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराए ।माओवादी केन्द्रमा प्रवेश गर्दै सांसद महराले माओवादी केन्द्रको नीतिप्रति सहमत भएर आफू ध्रुवीकरणमा आएको बताए । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बृहत् ध्रुवीकरणमार्फत् नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानको पूर्वसन्ध्यामा भएको एकताले दुरगामी अर्थ राख्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘हामी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा छौं । बृहत् एकता र ध्रूवीकरणका बलमा मात्रै नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ । यस्तो महत्वपूर्ण परिस्थितिमा तपाईहरु ध्रुवीकरणमा आउनु भएको छ, यसले समग्र एकता र ध्रूवीकरणको प्रक्रियालाई सहयोग पुग्नेछ । ध्रूवीकरणमा आउनुभएका सम्पूर्ण साथीहरुलाई उचित जिम्मेवारी दिइनेछ ।’

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८