अब लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासबाट हेरिने

लोकपथ
385
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ ।

बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले एकल इजलासले उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्या आवश्यक रहने बताउँदै संवैधानिक पठाउने निर्णय गरेका हुन् ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलासबाट हेरिँदा अझै सान्दर्भिक हुने भन्दै न्यायाधीश भट्टराईले प्रधानन्याधीश समक्ष पेश गर्न आदेश दिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १७३(३) बमोजिम निकासा भै संवैधानिक इजलासबाट हेरिँदा अन्तरिम आदेश लगायत सबै सान्दर्भिक विषयमा बोल्न सकिने नै हुँदा लिखित जवाफ परेपछि नेपालको संविधानको धारा १३७(३) बमोजिम निकासाको लागि सम्मानीय प्रधानन्यायाधीश ज्यू समक्ष पेश गर्नुहोला ।’ आदेशमा भनिएको छ ।

लुम्बिनीमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । साथै प्रदेश प्रमुखले बुधबार (आज) का लागि विशेष अधिवेशन बोलाएको गरी दुवै विषयमा असंवैधानिक रहेको दाबीसहित मुद्दा दर्ता भएको थियो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने भन्दै परेको रिटमा आज सुनुवाई भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?