नेपालमा कोरोना : हालसम्म ९३ प्रतिशत संक्रमणमुक्त, २४ घण्टामा कति थपिए संक्रमित र मृतक ?

लोकपथ
784
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार त्यो मध्ये ७ लाख २३ हजार २ सयको पीसीआर र ७२ हजार ९५ सयको एन्टीजेन पोजेटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ रहेका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ३० जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिन यता काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमणको जोखिम बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?