लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत (पत्रसहित)

लोकपथ
637
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश दिएको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचन समक्ष पदबाट राजीनामा दिएका थिए । सो पत्र स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा बुझाएका थिए ।

‘माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यूबाट यस प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मिति २०७८।०४।२७ गते अपरान्ह १ः४५ बजे ने्पालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको र संविधान बमोजिम अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्नेगरी तोक्नुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’ प्रदेश प्रमुखको कार्यालयद्वारा जारी पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?