लुम्बिनीमा राजीनामाको लहर : मुख्यमन्त्रीपछि मुख्य न्यायाधीवक्ता डिसीले बुझाए पत्र

लोकपथ
1.1k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै उनले पनि राजीनामा दिएका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड –क) बमोजिम मुख्यमन्त्री मार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्य न्यायधीवक्ता डिसीले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले आज मुख्यमन्त्री शेरचन समक्ष राजीनामा बुझाएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन भन्दा अघि नै उनले राजीनामा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?