कांग्रेस प्रवक्ता शर्माले दिए कुलमानलाई बधाई

लोकपथ
416
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बधाई दिएका छन् ।

आज नियुक्त भई कार्यभार सम्हालेका घिसिङलाई प्रवक्ता शर्माले सरकारले जनअपेक्षाको सम्बोधन गरेको बताएका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘बधाई छ कुलमानजी ! सरकारले जनअपेक्षाको सम्बोधन गरेको छ । ’

त्यसैगरी प्रवक्ता शर्माले घिसिङले समयको माग र जनताको अपेक्षाबमोजिम अर्को परीक्षामा सफलता हासिल गर्ने विश्वास लिएको बताए ।

‘अब समयको माग र जनताको अपेक्षाबमोजिम एक अर्को परिक्षामा एक अर्को सफलता हासिल गर्न सक्नुहुनेछ भन्ने विश्वास छ । हृदयदेखि शुभकामना’, उनले भने ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोहीअनुसार आज उनले नियुक्ती लिएका हुन् । नियुक्तिसँगै कार्यभार सम्हालेका उनले सरकारको जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?