कुलमानले भने– ‘ठूलो चुनौती स्वीकारेर आएको छु, प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशनअनुसार काम गर्छु’

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत प्राधिकरणमा दोस्रो पटक नियुक्ति लिएर आएको बताएका छन् ।

‘दोस्रो कार्यकालका लागि ठूलो चुनौती स्वीकारेर आएको छु । यो जति ठूलो चुनौती मलाई अरु केही हुनेछैन’, बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै उनले भने, ‘दोस्रो कार्यकालमा आउनै पर्छ भन्ने पनि थिएन। तर प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने किसिमको कुरा आएपछि नेतृत्व गर्न आइपुगेको छु ।’

त्यस्तै उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले दिएको निर्देशनअनुसार काम गर्ने बताएका छन्।

उनले भने, ‘हालका प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले जुन जिम्मेवारी दिनुभएको छ र उहाँहरुबाट आउने निर्देशनअनुसार काम गर्नेछु।’

निर्देशक घिसिङले सबैको सहयोग र टिमवर्कलाई विश्वास राख्दै आफूले प्राधिकरणलाई उचाइमा पुर्‍याउन प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?