कांग्रेस महाधिवेशन : सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

लोकपथ
104
Shares
kbflwsf/L a}7s sf7df8f}F, !@ ;fpg . g]kfnL sfFu|];sf] kbflwsf/L tyf k”j{ kbflwsf/Lsf] a}7s dªunaf/ a’9fgLns07l:yt ;efklt lgjf;df a:g] qmddf . ;fydf ;efklt Pj+ k|wfgdGqL z]/axfb’/ b]pjfnufot . t:jL/M /f;;

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा क्रियाशील सदस्यता विवादबारे समेत छलफल गरिने कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले लोकपथलाई जानकारी दिए ।

‘भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न आज शीर्ष नेताहरुको बैठक बस्न लागेको हो’ उनले भने ‘बैठकमा क्रियाशील सदस्यता विवादबारे समेत छलफल हुनेछ । ’

देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्ण बहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई समेत उपस्थिती रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?