आईसीसीद्वारा भारत र इङ्ल्यान्डलाई जरिबाना

लोकपथ
77
Shares

काठमाण्डौ । आईसीसीले विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेल खेलिरहेका भारत र इङ्ल्यान्डले ओभर ढिलो गरेपछि जरिबाना सहित अङ्क घटाइएको छ ।

च्याम्पियनसिपअन्तर्गत गएको बुधबारदेखि आइतबारसम्म भएको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले चार/चार अङ्क पाउने भए पनि ढिलो ओभर खेलेको भन्दै दुई/दुई अङ्क मात्रै पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ ।

दुवै टोलीलाई म्याच रेफ्रीले यसअघि नै म्याच फी को ४० प्रतिशतका दरले जरिबाना गरिसकेका थिए। यसअघि सन् २०२० मा भारतसँगको खेलका क्रममा पनि ढिलो ओभर बलिङ गरेको भन्दै अस्ट्रेलियाको दुई अङ्क घटाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?