क्वाड खोप अभियानमार्फत कोरोना महामारी अन्त्य गर्ने भारत र अमेरिकाको प्रतिबद्धता

लोकपथ
169
Shares

नयाँ दिल्ली । संयुक्त राज्य अमेरिका र भारतले क्वाड खोप अभियानमार्फत कोरोना महामारीलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन (क्वाड) को माध्यमबाट कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएर विश्वबाट कोरोना महामारी अन्त्य गर्ने घोषणा गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वबाट कोरोना महामारी अन्त्य गर्ने नेतृत्वकर्ता मुलुक भारत र अमेरिका हुने बताएका छन् । अमेरिका र भारतले क्वाडका माध्यमबाट संयुक्तरुपमा मिलेर विश्वबाट कोरोना महामारी अन्त्यका लागि नेतृत्व गर्ने ब्लिन्केनले दाबी गरेका हुन् ।

उनले कोरोना महामारीको सुरुवाती अवस्थामा भारतले गरेको सहयोप्रति कृतज्ञ भएकोसमेत उनले बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि पछिल्लो समय आफूहरु कोरनोविरुद्धको खोप विकासलाई विस्तार गर्न लागिरहेको बताएका छन् ।

यसअघि क्वाडका चारै नेताहरु पनि एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज खोप उपलब्ध गराउन सहमत भएका थिए । सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको हो ।

एक मात्रा मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सनको खोपको उत्पादन अब भारतमा हुने भएको छ । भारतलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गरिने भएको छ । कोरोना खोपको अभाव कम गर्ने, खोप कार्यक्रम बढाउने र कोरोना महामारी अन्त्यको लागि यो योजना अघि सारिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?