नेपाल विद्युत् प्राधिकरण पुगेर कुलमानले गरे पदबहाली

लोकपथ
143
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर कार्यकारी निर्देशक घिसिङले पदबहाली गरेका हुन् ।

घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।

पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?