मेस्सीले भने- ‘क्लबको लक्ष्य र मेराे महत्वाकांक्षा मिलेको छ’

लोकपथ
84
Shares

काठमाडौं । पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको बताए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको पनि बताएका छन् ।

‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ, ’मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् ।

आफ्नो करिअरको २१ वर्ष स्पेनिस क्लब बार्सिलोनमा बिताएका अर्जेन्टिनी फरवार्ड मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भएका छन्। फुटबल समर्थकले पीएसजीमा मेस्सीलाई १० नम्बर जर्सीमा भने देख्न पाउने छैनन् किनकि उनले ३० नम्बरको जर्सी रोजिसकेका छन् ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?