मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसाइयो : गच्छदार

लोकपथ
312
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन् ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणमा आफूलाई मुछेर अख्तियार दुरुपयोग अनुसन्धान आयोयले आफूमाथि दुश्मनी साँध्ने काम गरेको बताए ।

उनले अन्तत: संविधानमा त्रुटि रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने तर्क गरे । उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन् सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाईयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली काँग्रेसले गर्नु पर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?