भारतमा विपक्षीहरूको हंगामाका कारण रोए राज्यसभाका सभापति नायडु

लोकपथ
287
Shares

भारत । भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी सांसदहरूको अमर्यादित आचरणका कारण सभापति वेंकैया नायडु बुधबार सदनको कारबाही सुरू हुनेबित्तिकै उनले कडा शब्दसहितको बयान उभिएर पढ्दै विपक्षीहरूलाई भर्त्सना गरे । त्यसक्रममा उनी भावुक त भएनै साथै लगभग रोए पनि।

मंगलबार कांग्रेस सांसद प्रताप सिंह बाजवाले राज्यसभाको कुर्सीमा उभिएर नियम पुस्तिका फ्याँकेका थिए । अनि आम आदमी पार्टीका सांसद सञ्जय सिंहले भुइँमा बसेर नाराबाजी गरेका थिए।

बुधबार सदनको बैठक सुरू हुनेबित्तिकै मंगलबार भएको घटनाको निन्दा गर्न शब्द कम भएको बताए । संसद् लोकतन्त्रको सर्वोच्च मन्दिर भएको र त्यसको पवित्रतामा आँच आउन दिन नहुने उनको भनाइ रह्यो ।

उनले भनेका छन, ‘उच्च सदनमा मर्यादा उल्लंघन लगातार बढिरहेको छ । कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर ऊ सदन चल्न दिइरहेको छैन । मन्त्रीको हातबाट कागज खोसेर च्यातियो । हिजो त पुस्तक समेत मिल्काइयो । निन्दाका लागि शब्द समेत छैन ।’

विभिन्न मुद्दामा विपक्षी दलका सदस्यहरू सभापतिको आसन नजिक आएर हंगामा गरेको सन्दर्भ कोट्याउँदै नायडुले संसदीय परम्पराहरूलाई धज्जी उडाउने होड मच्चिएको बताए । नायडुले भावुक बयान दिँदादिँदै पनि विपक्षीहरूले हंगामा गरेपछि सदनको कारबाही स्थगित गरिएको छ ।

 

नवभारत टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?