आईफोन-१३ आउँदै, क्यामेराले भिडियाेको ब्याकग्राउन्ड स्वतः ब्लर गर्न मिल्ने

लोकपथ
2k
Shares

काठमाडौं । यही सेप्टेम्बरमा आउने आईफोन-१३ मा क्यामेराले भिडियाेको ब्याकग्राउन्ड स्वतः ब्लर गर्न मिल्ने फिचर राख्ने भएको छ। ब्लुमबर्गको नयाँ रिपोर्टअनुसार नयाँ आईफोनमा यसका लागि भिडियाे पोट्रेट मोड उपलब्ध हुनेछ ।

क्यामेरामा आउने नयाँ फिचर नै नयाँ आईफोन-१३ को सबैभन्दा महत्वपूर्ण ‘सेलिङ प्वाइन्ट’ (फोन खरिद गर्न आकर्षित गर्ने मुख्य विषय) हुने एप्पलको भनाइ छ ।

आईफोन १३ को मुख्य क्यामेरामा फिचरको रुपमा ‘सिनेम्याटिक भिडियाे’ फिचर हुने बताइएको छ । यसको साथमा ‘प्रोरेस’ भिडियाे रेकर्डिङ र फोटोको लागि नयाँ एडिटिङ गरी थप दुई फिचर हुनेछन् ।

‘प्रोरेस’ विशेषगरी भिडियाे एडिटरका लागि सहयोगी हुनेछ । जसले उनीहरूलाई शुट भइसकेका फुटेजमाथि थप नियन्त्रणको सुविधा दिनेछ । यसैगरी फोनको क्यामेरामा नयाँ फिल्टर समेत आउनेछन्, जसले फोटोको कलरमा सुधार ल्याउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?