ऊर्जा मन्त्रालय पुगेर कुलमानले लिए नियुक्तिपत्र

लोकपथ
598
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्ति लिएका छन् ।

बुधबार (आज) ऊर्जा जलस्रोत र सिँचाइ मन्त्री पम्फा भुसालको हातबाट नियुक्ति लिएका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने निर्णय गरेको थियो । यद्यपी विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने भन्दै आज उनलाई नियुक्ति दिइएको हो ।

त्यसैगरी यता निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह सुविधा दिएर ऊर्जा विभागमा स्थानान्तरण गरिएको छ ।

यसअघि पनि ४ वर्षे कार्यकाल पूरा गरिसकेका घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी गत भदौमा पदबाट राजीनामा दिएका थिए । लोडसेडिङ अन्त्य गरेका घिसिङलाई पुनः प्राधिकरणमा नियुक्त गर्नुपर्छ भन्ने आवाज उठे पनि तत्कालीन ओली सरकारले उनको ठाउँमा शाक्यलाई नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?