लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लोकपथ
377
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै बुधबार (आज) मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

केहिबेर अघि मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ । तर यता मुख्यमन्त्री पोखरेलले भने बैठक बस्नुअघि नै राजीनामा दिएका हुन् ।

विश्वासको मत गुमाइसकेका मुख्यमन्त्री पोखरेलले यसअघि पनि अल्पमतमा परेपछि राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यता विपक्षी गठबन्धनले कुल बहादुर केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आगामी दुई वर्ष मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?