लुम्बिनीको राजनीति : मुख्यमन्त्रीको राजीनामा चर्चा, विशेष अधिवेशनमा सत्ता पक्ष नजाने संकेत

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको फैसला हेरेर थप निर्णय लिने भएको छ ।

आज बसेको लुम्बिनी प्रदेश एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास दर्ता भएको छ । सो विरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध आगामी २ वर्षसम्म अश्विासको प्रस्ताव पेश गर्न नपाइने भन्दै परेको रिटमा सर्वोच्चमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दामा सुनुवाइ भइरहेको छ ।

यता आजै दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । सो बैठकमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिएका छन् ।

अविश्वासको प्रस्ताव दर्तासँगै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा चलिरहेको छ । बाहिर चर्चा चलेजस्तो मुख्यमन्त्रीको राजीनामा आउने सम्भावना नरहेको प्रमुख सचेतक ढकालको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?