कुलमानले ३ बजे पदभार ग्रहण गर्ने

लोकपथ
845
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले आज पदभार ग्रहण गर्दै छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई घिसिङलाई प्राधिरणमा ल्याउने प्रबन्ध मिलाउनका लागि ठाडो निर्देशन दिएका थिए । त्यससँगै आजबाट घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।

सोमबार नै सरकारले उनलाई नियुक्त गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रियाहरु पूरा नभएका कारण घिसिङको नियुक्त रोकिएको थियो । यद्यपी आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो । यता प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा मन्त्रालयको ऊर्जा विभागमा उपसचिव सरहको सुविधा उपलब्ध गराएर स्थानान्तरण गरिएको छ ।

यसअघि आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी गत भदौमा घिसिङ प्राधिकरणबाट बिदा भएका थिए । अघिल्लो कार्यकालमा लोडसेडिङ अन्त्य गरेका घिसिङलाई कार्यकाल सकिए पनि पुनः नियुक्ति दिनका लागि आवाज उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?