साढे ३३ किलो सुन काण्ड: प्रहरी प्रधान कार्यालय तानिए अपराध महाशाखाका प्रमुख लोहोनी

काठमाडौं, २२ चैत । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहोनी साढे ३३ किलो सुन काण्डका कारण प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।एसएसपी लोहोरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।मन्त्रालय स्रोतका अनुसार तस्करीको साढे ३३ किलो सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या भएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।लोहोनीको ठाउँमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।प्रहरीकै मिलेमतोमा साढे ३३ केजी सुन गायव भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो ।त्यस्तै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सो घटनामा संलग्न रहेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो ।तर, सुनका मालिक भने अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?