काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यतामा केन्द्रको हस्तक्षेप नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् ।
नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत रुपमा आएका र छानबिन समितिले मापदण्ड बनाइ निर्णय गरिएका बाहेक केन्द्रले थपेका सबै क्रियाशील सदस्यता मान्यता दिन नसकिने बताए ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले त्यस्ता क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।
उनले भनेका छन्- ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।’
यसअघि सोमबार र मंगलबार बसेको कांग्रेसका जिल्ला सभापतिहरुको बैठकले क्रियाशील सदस्यतामा केन्द्रको हस्तक्षेप रोकिनुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया