१७ माघ २०७९, मंगलवार

वाइसिएलले देशभर एकै दिन सम्मेलन गर्दै

२०७४,आश्विन,२२,आईतवार १५:४८

0
Shares

काठमाडौँ, २२ असोज – नेकपा (माओवादी केन्द्र)को भातृ संगठन (वाइसिएल नेपाल) ले आगामी कात्तिक ११ गते देशभरका छ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । देशभर नै एकैपटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए ।बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र १९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभाग समेत गठन गरेको छ । वाइसिएलले आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रुपमा युवा परिचालन गर्ने जनाएको छ । यस्तै वाइसिएलले ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्ससमेत निर्माण गरेको छ । सो एप्सको सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी

काठमाडौं । नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्रीबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुनः गृहमन्त्रीमा फर्किने जमर्को गरिरहेका छन्

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ

कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ

ताजा समाचार

सीमा विवाद समाधान गर्न समिति गठन
 २०७९,माघ,१७,मंगलवार १२:४४