काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर २०७७ साल भदौँमा प्राधिकरणबाट बिदा भएका उनी दोस्रो कार्यकालका रुपमा प्राधिकरण प्रवेश गरेका हुन् ।
उनको पदबहाली आजै गरिने तयारी गरिएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया