मन्त्रिपरिषद बैठक सकेर मुख्यमन्त्री पोखरेलले सुरु गरे एमाले संसदीय दलको बैठक

लोकपथ
308
Shares

बुटवल । नेकपा(एमाले) लुम्बिनी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

आज लुम्बिनी प्रदेश सभा बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुदैछ । यसै सन्दर्भमा छलफल गर्न मुख्यमन्त्री पोखरेलले संसदीय दलको बैठक राखेका हुन् ।

संसदीय दलको बैठक अघि मन्त्रिपरिषद्को बैठक समेत बसेको थियो । मुख्यमन्त्री पोखरेलले राजिनामा दिने चर्चा पनि चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?