काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
उनले हाल स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको र एउटै हलमा धेरै विद्यार्थी राख्दा संक्रमणको जोखिम बढको भन्दै वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गराउन मंगलवार साँझ प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
हाल सञ्चालन भइरहेका परीक्षामा संक्रमितलाई समेत छुट्टै बस्ने व्यवस्था नहुँदा उनीहरू आफ्नो अवस्था लुकाएर परीक्षा दिन बाध्य भएका र त्यसले संक्रमणको जोखिम झनै बढाएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया