काठमाडौं । नेपाल तरुण दलले कोरोना भाइरसविरुद्धको लडाइँमा अग्र मोर्चामा खटिन र सर्वसाधारणमा जनचेतना फैलाउन जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएको छ ।
अध्यक्ष जितजङ्ग बस्नेतले बुधवार सबै जिल्लाका जिल्ला अध्यक्षहरुलाई निर्देशनात्मक पत्र लेख्दै कोरोना भाइरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोनाविरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने काममा खट्न निर्देशन दिएका हुन् ।
उनले खोपकेन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने काममा पनि तरुण दलले भूमिका खेल्नुपर्ने बताएका छन् ।
त्यसैगरी स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने, केही स्वास्थ्य संस्थामा लामो समयदेखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने र बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्नसक्ने वातावरणको सिर्जना गर्ने काममा खट्न पनि उनले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया