काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । उनीविरुद्ध पटक-पटक अविश्वासको प्रस्ताव दर्ता भएपनि हालसम्म किनारा लाग्न सकेको छैन । बरु उनी आफैँ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
लुम्बिनीमा हाल प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । यसमध्ये सत्तारुढ दल एमालेका ३८, र विपक्षी गठबन्धनमा नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ४१ सांसद छन् ।
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत आवश्यक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया