आजको मौसम : पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

लोकपथ
260
Shares

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?