एक सय ३० ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ

लोकपथ
70
Shares

सुनसरी । ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सार्वजनिक गरेको छ ।

इनरुवा – ४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका – १४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका – ४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरी रामपुर मलहनिया – १४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी – ४ का २२ वर्षीय फुलकुमार मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

विशेष सूचनाका अधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नंको कारलाई जाँच गर्दा उनीहरुका साथबाट लागूऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?