हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
147
Shares

१. देशभर गरिएको १९ हजार १२३ परीक्षणमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु ।

२. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १२ दिन थप गर्ने प्रशासनको निर्णय, काठमाडौँमा मात्रै एकैदिन थपिए १ हजार १८६ संक्रमित, अब मास्क नलगाउने व्यक्ति सार्वजनिक सवारी चढ्न नपाउने ।

३. फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री बन्ने ओलीको दाबी, सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘कागज’को संज्ञा दिँदै देउवालाई प्रश्न ‘एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू !’

४. पार्टीमा आफूहरू कसैसँग पनि नडराउने एमालेका वरिष्ठ नेता नेपालको भनाइ, ओलीतिर लक्षित गर्दै भने, ‘गलत र दम्भीसँग झुक्दैनौँ’

५. दार्चुला तुइन प्रकरणको विस्तृत विवरणसहित घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई सभामुखको रुलिङ, सांसदहरूद्वारा सरकारको आलोचना ।

६. लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेको विपक्षी गठबन्धनले सांसदलाई होटलमा राख्यो, सत्ता पक्षले आर्थिक र मन्त्री पदको प्रलोभनमा आफूतिर तान्ने डरले एकैठाउँ भेला गरिएको जिकिर ।

७. डब्लुएचओद्वारा नेपाललाई १८ लाख अमेरिकी डलरबराबरको औषधि र स्वास्थ्य सामग्री सहयोग, नेपालभरका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरूमा वितरण गरिने ।

८. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट मुद्दा ‘हेर्न नभ्याइने’मा, दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने रिट निवेदनमा जिकिर ।

९. एसिड बेच्नेलाई सफाइ दिने धनुषा जिल्ला अदालतको फैसलाविरुद्व सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने, सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने जानकारी ।

१०. नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेको कतारमा चर्को घाममा काम लगाउने १ सय ६ कम्पनी कारबाहीमा, अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय ।

११. सिंगापुर पठाइदिने भन्दै ७८ जनाबाट अढाई करोडभन्दा बढी ठगी गर्ने ३९ वर्षीय दिपबहादुर गुरुङ पक्राउ, विदेश पठाइदिने नाममा पैसा उठाउनेसँग सचेत रहन र ठगीको आशंका लागे प्रहरीमा खबर गर्न अनुरोध ।

१२. अर्थमन्त्रीद्वारा वर्तमान आर्थिक अवस्था जानकारी गराउँदै श्वेतपत्र जारी, ३ वर्षको अवधिमा २५० अर्ब ऋण बढ्यो, मुलुकको सार्वजनिक ऋण वार्षिक बजेटको आकारभन्दा पनि ठूलो ।

१३. सेयरबजारमा मंगलबार नयाँ रेकर्ड कायम, नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर उच्च बिन्दुमा ।

१४. अफगानिस्तानमा विद्रोही तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै, युद्धविरामका लागि अन्तर्राष्ट्रिय स्तरबाट भएका अपिल विद्रोहीद्वारा अस्वीकार ।

१५. अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आबद्ध हुन सहमत, मेस्सीको बहिर्गमन बार्सिलोनाका लागि आशीर्वाद हुनसक्ने खेल समीक्षकको तर्क ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?