काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलवारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ ।
विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन् ।
स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ का कारण संसारका जेलमा रहेका कैदीबन्दीलाई समेत मुद्दा हेरेर रिहा गरी जेल जीवनलाई खुकुलो र सुरक्षित बनाएका घटनाहरू सञ्चारमाध्यममा आएका भएपनि शरणार्थी शिविरको भिडभाडयुक्त वातावरणमा पनि सङ्क्रमण नियन्त्रणका लागि लिइनुपर्ने सावधानी नअपनाइएको भनी विशेषज्ञहरूले आलोचना गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया