आँखाको मेकअप गर्नु अघि ध्यान दिनुपर्ने कुराहरु

नारी सौन्दर्यमा आँखाको शृंगारले विशेष भूमिका खेलेको हुन्छ । प्रकृतिले प्रदान गरेको रूपमा कुनै पनि पक्षलाई एउटा कलात्मक हातले सजाएर अझ आकर्षक कला हो ।आँखाको मेकअप गर्नुअघि आँखाको रंग कस्तो छ विचार पुर्याउनुपर्छ । अझै वर्षाको समयमा आँखालाई कसरी मेकअप कसरी गर्ने त्यसमा पनि ध्यान दिनुपर्छ ।आँखाको मेकअप गर्नु पूर्व आँखाको आकार कस्तो छ भन्ने थाहा हुन जरुरी हुन्छ । आँखा कसैको आईबल खैरो त कसैको कालो वा नीलो हुन्छ । यिनै रंगलाई ध्यान दिएर आँखालाई सुहाउने मेकअप गर्नुपर्छ । आँखाको मेकअप गर्नुअघि आँखीभौंको सेप राम्रोसँग मिलाउनुपर्छ । कसैको आँखीभौं पातलो भए त्यसलाई आइब्रो पेन्सिलले मिलाएर अनुहारको बनावटअनुसार ठिक्कको आकार दिन सकिन्छ ।त्यसपछि आइलिडलाई बेस कोटद्वारा एप्लिकेटरको सहायताले मिलाएर विस्तारै फैलाउनुपर्छ । यदि डार्क सर्कल छ भने कन्सिलर प्रयोग गर्नुपर्छ । कन्सिलर स्किन टोनअनुरूप हुनु आवश्यक छ । हाईलाईट गर्दा आँखीभौंको ठीक तल उठेको भागमा गोल्डेन आइभरी सिल्भर वाइट आदि आइस्याडो प्रयोग गर्नुपर्छ । आफूले लगाएको पहिरनसँग मेल खाने कलरको आइस्याडो लगाउनु वेश हुन्छ ।आइस्याडो लगाउँदा आँखाको कुनादेखि ब्रसको सहायताले विस्तारै लगाउँदै–लगाउँदै किनारा अथवा कोषमा लगाएर डार्क सेडो (गाढा) लगाउने र अझ त्यसमा स्लेटी गाढा हुनुपर्छ जसले गर्दा स्मोकी लुक देखियोस् । आँखाको परेलामा मस्कारा लगाउनुपर्छ । यसले परेला बाक्लो देखिन्छ । आईलाईनर हल्का हातले विस्तारै लगाउनुपर्छ र अन्त्यमा गाजल लगाउनुपर्छ ।यदि कसैको परेला एकदम पातलो छ अथवा छँदै छैन भने प्रस्ट देखिने गरी मिलाउन फल्स मस्कारा (नक्कली परेला) लगाउन सकिन्छ । मौसमअनुसार गर्मी अथवा वर्षामा वाटर प्रुफ मेकअप गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?