१५ मङ्सिर २०७८, बुधबार

वाइसिएलले देशभर एकै दिन सम्मेलन गर्दै

२०७४,आश्विन,२२,आईतवार १५:४८

0
Shares

काठमाडौँ, २२ असोज – नेकपा (माओवादी केन्द्र)को भातृ संगठन (वाइसिएल नेपाल) ले आगामी कात्तिक ११ गते देशभरका छ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । देशभर नै एकैपटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए ।बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र १९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभाग समेत गठन गरेको छ । वाइसिएलले आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रुपमा युवा परिचालन गर्ने जनाएको छ । यस्तै वाइसिएलले ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्ससमेत निर्माण गरेको छ । सो एप्सको सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने पार्टीको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन्

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५