नेपालमा कोरोना : थप ४ हजार ९०४ जनामा संक्रमण, कति निको भए?

लोकपथ
343
Shares

काठमाडौं । नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २ हजार ११५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?