ओलीतिर लक्षित गर्दै नेपालले भने–‘हामी कसैसँग शिर निहुराउँदैनौँ’

लोकपथ
441
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा आफूहरु कसैसँग पनि नडराउने बताएका छन् ।

आज आफू निकट अनेरास्ववियूले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफूहरु कसैसँग शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए ।

नेता नेपालले भने–‘हामी कसैसँग शिर निहुराउँदैनौँ, कसैको टाङमुनि छिर्दैनौँ । गलत र दम्भीसँग डराउँदैनौँ । दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अघि बढिरहन्छौँ । यो हाम्रो अठोट हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?