दलाल पुँजीवादको नेतृत्व गर्ने देउवा सरकार : सांसद चौधरी

लोकपथ
196
Shares

काठमाडौं । नेकपा (एमाले) सांसद शान्ता चौधरीले वर्तमान सरकारले दलाल पुँजीवादको नेतृत्व गरेको भन्दै सरकारसँग कुनै आशा नभएको बताएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले कवितात्मक शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकारको तिखो आलोचना गरिन् ।

उनले भनिन्, ‘दलाल पुँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन । बिजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो अब अफताफ आलमलाई छोडिन्छ, नियम कानून तोडिन्छ । सर्वसाधारण जनताको बारेमा के मतलव ? कोरोनाको खोप त हुनेखाने खोजेर लगाइन्छ । हामी त परमादेशबाट बनेको सरकार पो हो त । चानचुने कहाँ हो र ? स्याब्बास् सरकार । स्याब्बास् लाज लागे मुखुण्डो किनेर ल्याउँला । अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?