प्रतिनिधिसभा लगत्तै प्रधानमन्त्री र सभामुखबीच भेटघाट

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच विविध विषयमा छल फल भएको हो ।

आजको छलफलका क्रममा प्रधानमन्त्री र सभामुखबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

भेटघाटको क्रममा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाण लगायतको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?