संसदमा ओलीको सम्बोधनपछि कटाक्ष गर्दै बाबुरामको ट्वीट

लोकपथ
7.2k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा ओलीको सम्बोधनपछि ट्वीट गर्दै डा. भट्टराईले आफैँले भंग गरेको संसदमा आएर कुनै बोल्नुलाई ‘जो चोर उसकै ठूलो स्वर’ भन्दै टिप्पणी गरेका छन् ।

डा. भट्टराईले भनेका छन्- ‘“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!’

आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलको नेताको हैसियतमा ओलीले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?