श्वेतपत्रमा कुनै पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा

लोकपथ
143
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेत पत्रमा कुनै पनि पूर्वाग्रह नरहेको बताएका छन् ।

वर्तमान आर्थिक अवस्था प्रस्तुत गर्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै अर्थमन्त्री शर्माले स्पष्ट पार्दै सो कुरा बताएका हुन् ।

‘मैले प्रस्तुत गरेका आर्थिक अवस्थामा कुनै आग्रह पूर्वाग्रह छैन ।’ अर्थमन्त्री शर्माले भने ।

वर्तमान सरकारले अघिल्लो ओली नेतृत्वको सरकारलाई गाली गर्नका लागि ल्याइएको भन्ने सांसदहरुको आक्रोशमा उत्तर दिँदै अर्थमन्त्री शर्मा त्यसरी नबुझ्नका लागि आग्रह गरेका छन् । साथै आफूले अघिल्लो सरकारले गरेका कामहरुलाई नै प्रस्तुत गरेको बताए । त्यसैगरी आज जारी गरिएको स्वेतपत्र देशको ऐना भएको बताए ।

‘मैले अघिल्लो सरकारले नै गरेका कुराहरु राखेको छु ।’ अर्थमन्त्री शर्माले भने( ‘यो देशको ऐना हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?