सुनसरीमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ

सुनसरी । सुनसरी प्रहरीले १ महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अभियोगमा संलग्न रही फरार रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार लगायत मुद्दामा सजाय तोकी उनीहरु फरार रहेका थिए ।

अदालतबाट फैसला भई फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?