३ वर्षको अवधीमा २५० अर्ब ऋण बढ्यो

लोकपथ
806
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको वर्तमान आर्थिक अवस्थाको बारे जानकारी गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा श्वेतपत्र जारी गर्दै मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रुप लिन पुगेको बताए । त्यसैगरी सार्वजनिक ऋण बढ्दै गएका कारण उपलब्धी नदेखिएको बताए ।

त्यसैगरी अर्थमन्त्री शर्माले ३ वर्षको अवधीमा करिब २५० अर्बले नै सार्वजनिक बढेर कुल ग्राहस्थ उत्पादनको झण्डै ४० दशमलव ५ प्रतिशतको हाराहारीमा पुगेको दाबी गरे ।

जसमा ८ खर्ब आन्तरिक र ९ खर्ब २८ अर्ब वैदेशिक ऋण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?