१४ जेष्ठ २०८०, आईतवार

सिद्धबाबा सडक बन्द हुने

२०७४,आश्विन,२२,आईतवार १५:३३

0
Shares

 पाल्पा, २२ असोज- सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रको सडक फेरि बन्द हुने भएको छ ।सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि सो सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाईसकेका छन् ।सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९