सरकारको न्यूनतम साझा कार्यक्रमलाई ओलीले दिए ‘कागज’को संज्ञा

लोकपथ
91
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमलाई कागजको संज्ञा दिएका छन् ।

आज प्रनितिधि सभाको बैठकमा बोल्दै ओलीले सरकारले संसद छलेर ल्याएको उक्त कार्यक्रमलाई मान्यता दिने वा नदिने भन्दै आशंका व्यक्त गरेका छन् ।

‘साझा न्यूनतम कार्यकम भन्ने एउटा कागज प्रस्तुत गरियो । सरकारको कार्यक्रम हो कि साझा कार्यक्रम हो ? आज किन प्रस्तुत गर्न सक्नुभएन ? संसद चलिरहेका बेला छलेर किन प्रस्तुत गर्नुपर्यो ।’ ओलीले भने ।

त्यसैगरी आजको बैठकमा बोल्दै ओलीले उक्त कार्यक्रममा एमसीसीको विषयमा केही पनि कुरा उल्लेख नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?