संसदमा ओलीको टिप्पणी : ‘सत्तारुढ गठबन्धनका मित्रहरु हौसिरहनुभएको छ’

लोकपथ
312
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरुप्रति कटाक्ष गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सरकारले एक महिनासम्म केही नगरि दशै आए जसरी नाचेर बसेको भन्दै जिकिर गरेका छन् ।

सत्ता गठबन्धनका मित्रहरु हौसिनुभएको छ । दशैँ आएजस्तो नाच्नु भएको छ । एक महिनासम्म केही नगरेकोमा धन्यवाद र बधाई खाइरहनुभएको छ । ओलीले भने ।

त्यसैगरी आफूमाथि ठूला षडयन्त्रहरु भइरहेपनि आफू आफ्नो लक्ष्यमा केन्द्रीत रहने भएकाले अरुले भनेका कुराले आफूलाई कुनै फरक नपर्ने बताए । आफूले सुखी नेपाली समृद्ध नेपालको नारा पूरा गर्नका लागि काम गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?