गैरआवासीय नेपालीहरुको समस्या लिएर अध्यक्ष पन्तसहितको टोली प्रधानमन्त्री निवासमा

लोकपथ
84
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटको क्रममा एनआरएनएसँग सम्बन्धित विभिन्न मागहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

एनआरएनका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयक, महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउने विषयमा ध्यानाकर्षण गराएका छन् ।

त्यसबारेमा जानकारी दिँदै अध्यक्ष पन्तले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग आज विशेष भेटघाट सम्पन्न भयो । भेटमा लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छु । साथै महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुनर्स्थापनालगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन विशेष आग्रह गरेको छु ।’

सोही क्रममा प्रधानमन्त्री देउवाले एनआरएनको माग सम्बोधनका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष पन्तले जानकारी गराएका छन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले पनि यथाशक्य छिटो नागरिकतालगायत ब्रिटिस गोर्खाको समस्या समाधान, नेपाली श्रमिकको लागि राहतमुखी कार्यक्रमलगायतमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

आगामी अक्टोबरमा हुने १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रमुख आतिथ्यताका लागि निमन्त्रणा समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?