सांसद भट्टराईको दाबी : ‘ओलीकै वरिपरि राजनीति घुमिरहेको छ’

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि नेपालको राजनीति घुमिरहेको दाबी गरेका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै पुनः प्रधानमन्त्रीको रुपमा फर्किने जिकिर गरे ।

सभामा सम्बोधन गर्दै उनले भने- ‘केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ । तर पनि राजनीति उहाँकै वरिपरि घुमेको जस्तो देख्छौँ । सदनमा आउँदा पनि उहाँकै चर्चा हुन्छ । आज सरकार बनिरहेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा केपीकै फोयिबा छ ।’ उनले भने ।

ओलीतिर लक्षित गर्दैै उनले देशले राजनेता जन्माएको र राजनेतालाई पराजित गर्न असम्भव नरहेको दाबी गरे ।

‘देशले राजनेता जन्माएको छ । र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन । फेरि राजनेता फर्केर आउनेछ ।’ उनले भने ।

त्यसै ओलीबाट देशले आशा गरेको भएपनि घेराबन्दी गरेर काम गर्न नदिइएको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?