अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने

लोकपथ
117
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान अवस्थाको बारेमा जानकारी दिने भएका छन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक अवस्थाको बारेमा जानकारी दिन लागेका हुन् ।

संघीय संसद सचिवालयले सो बारेमा जानकारी गराएको हो ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउने संघीय संसद सचिवालयले भनेको छ ।

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?