प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले प्रतिनिधिसभामा पहिलोपटक सम्बोधन गर्दै

लोकपथ
1.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नेभएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज बस्ने प्रतिनिधिसभामा ओलीले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

असार २८ गते सर्वोच्च अदालतको फैसलापछि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै आज पहिलोपटक ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा देउवा र गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई खोजे पनि अनुपस्थित रहेका थिए । भने आफ्नोतर्फबाट प्रदीप ज्ञवालीलाई बोल्न लगाएका थिए ।

आजको बैठकमा ओलीले विपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?