कांग्रेस महाधिवेशन : जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक सुरु (तस्बिरहरू हेर्नुहोस्)

लोकपथ
322
Shares

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक दोस्रो दिन मंगलबार पनि सुरु भएको छ ।

समयमा नै पार्टीको आगामी १४औँ महाधिवेशन सुनिश्चितताका लागि सोमबारबाट जारी बैठक आज पनि सुरु भएको छ ।

केहीबेरअघि काठमाडौंको ठमेलस्थित होटल यात्री होटेलमा सुरु भएको बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्ना धारणाहरु व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै नेतृत्वलाई दबाब दिन जिल्ला सभापतिहरुको भेला डाकिएको हो ।

यसअघि सोमबारको बैठकमा जिल्ला भौतिक रुपमा र भर्चुअल माध्यमबाट आ-आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?